

काठमाडौँ– सत्तासीन दल नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक यही असार २७ गतेदेखि सुरु हुनेछ ।

.gif)
बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सभापति, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच भएको बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि बस्नेछ ।
कांग्रेसको एक वर्षयता केन्द्रीय समिति बैठक बस्न सकेको थिएन । गत वर्ष कांग्रेसले असार २७ गतेदेखि साउन २ सम्म बैठक राखेको थियो ।







