एमालेको अवरोधपछि राष्ट्रियसभाको आजको बैठक स्थगित

1

काठमाडौँ– राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विवादित अभिव्यक्तिलाई लिएर विरोध गरेपछि आजको बैठक स्थगित भएको हो । अर्को बैठक भोलि शुक्रबार साढे १२ बजे बस्नेछ ।

1

बिहीबारको बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदहरुले सिटबाट उठेर विरोध जनाएका थिए । त्यसपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिम्सिनाले शुक्रबार १२ बजेर २९ मिनेटमा बस्‍ने गरी राष्ट्रियसभाको बैठक स्थगित गरेका थिए ।

 

1

गत सोमबार प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको भन्दै अभिव्यक्ति दिएका थिए । एमालेले उक्त मुलुकको सार्वभौमिकता र स्वाधीनताविरुद्ध अभिव्यक्ति भएकाले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न अडान लिएको छ ।

यता प्रतिनिधिसभा बैठक पनि एमालेले ठप्प परेको छ ।

ad