नेकपा एमाले सचिवालय बैठक बस्दै

1

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान ११ बजे बस्नेछ ।

UML to shift its central office again, now to Chyasal, Lalitpur -  OnlineKhabar English News

बैठकमा पार्टीको आन्तरिक जीवन, सांगठनिक संरचना, केन्द्रीय नेताहरूको कार्यविभाजनअनुसार कामको मूल्यांकन, देशको पछिल्लो राजनीतिक घटनाक्रम लगायत विषयमा छलफल हुने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।

1

सचिवालय बैठक बस्न अघि गत बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्षसँग सामूहिक रुपमा छलफल गरेका थिए । 

उपाध्यक्षहरूसँग पार्टीको गतिविधि तथा भइरहेका काम कारबाहीको बारेमा छलफल गरे पछि आज सचिवालय बैठक बस्न लागेको हो । 

ad