कोशी प्रदेश सरकार भंग गर्न नेकपा एमालेको माग

1

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोशी प्रदेश सरकार भंग गरी नयाँ सरकार गठनको संविधानसम्मत प्रक्रिया आरम्भ गर्न माग गरेको छ।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले सरकार गठन गर्ने प्रक्रियामा सभामुखको दलीय आवद्धतामाथि प्रश्न उठाउँदै कोशी सरकार भंग गर्नुपर्ने माग गरेको हो।

‘सरकार गठन गर्ने या हटाउने सन्दर्भमा सभामुख स्वयं सङ्लग्न हुने कुरा त नेपालको संविधान, नियन्त्रण र सन्तुलनका विश्वव्यापी मूल्यमान्यता एवं हाम्रा आफ्नै लोकतान्त्रिक र ससदीय अभ्यासमाथिको नाङ्गो प्रहार हो भन्ने कुरा स्वतः स्पष्ट छ,’ सचिवालय बैठकबाट पारित समसामयिक प्रस्तावमा भनिएको छ, ‘नेकपा (एमाले) सत्ता गठबन्धनका यस्ता असंवैधानिक कदमको भ्रर्त्सना गर्दछ। असंवैधानिक ढङ्गले गठन गरिएको कोशी प्रदेश सरकार भङ्ग गरी सरकार गठनको संविधानसम्मत प्रक्रिया तत्काल आरम्भ गर्न माग गर्दछ।’

कोशीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष पेश गरेको दाबीमा सभामुख बाबुराम गौमतले समेत हस्ताक्षर गरेका थिए।

सोही हस्ताक्षरसमेत गणना गरेर प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए।

1

जसमा प्रतिपक्षी दल एमालेले औपचारिक धारणा प्रस्तुत गर्दै सत्ता गठबन्धनले लोकतन्त्रलाई जगैदेखि खल्बल्याउने काममा उद्यत् रहेको बताएको हो।

ad