कांग्रेस बैठक समापनतिर, आज महामन्त्री र सभापतिले जवाफ दिने

1

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बसिरहेको छ। आज बैठकको छैटौं दिनमा सभापति र दुई महामन्त्रीले बैठकमा उठेका विषयहरूमाथि जवाफ दिने भएका छन्।

कांग्रेस बैठक समापनतिर, आज महामन्त्री र सभापतिले जवाफ दिने

दिउँसो ३ बजे बस्ने बैठकमा सभापति शेरबहादुर देउवासहित महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले जवाफ दिने कार्यसूची  ।

Siddartha premir insurance

साउन २ गतेदेखि जारी बैठकमा महामन्त्री शर्माले १० एजेन्डा र अर्का महामन्त्री थापाले वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए। ती विषयमा केन्द्रीय सदस्यहरूले धारणा राखिसकेपछि आज नेतृत्वले जवाफ दिन लागेको हो। बैठक आजै समापन हुने सम्भावना छ।

ad