भ्रष्टाचारकाण्डका दोषीहरूलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्छः घनश्याम भुसाल

1

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले सरकारले भ्रष्टाचारकाण्डका दोषीहरूलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताएका छन्।

Ghanshyam Bhusal joins Unified Socialist - myRepublica - The New York Times  Partner, Latest news of Nepal in English, Latest News Articlesad

सोमबार काठमाडौँमा आयोजित ‘समाजवादी यात्राको चुनौतीः भ्रष्टाचार र दण्डहीनता’ विषयक प्रवचन गोष्ठीमा बोल्दै यस्तो बताएका हुन्।

उनले नक्कली भुटानी शरणार्थी र सुन तस्करी प्रकरणमा संलग्नहरूमाथि कडा कारबाही गर्नुपर्नेमा जोड दिए। मुलुकबाट भ्रष्टाचार पूर्ण रूपमा नियन्त्रण गर्न भने हरेक पार्टीभित्रबाट भ्रष्टाचारविरोधी अभियान सुरु गर्नुपर्ने उनको भनाइ छ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठजस्ता एक व्यक्तिले मात्र भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने भन्दै उनले पार्टीभित्रैबाट त्यसविरुद्ध अभियान छेड्नुपर्ने बताए।

महासचिव भुसालले समाजवादको यात्रालाई ठिक ढंगले अघि बढाउन पनि हरेकले आफ्नो पार्टीलाई भ्रष्टाचारविरोधी बनाउन सक्नुपर्ने उल्लेख गरे।

ad