पाणिनिका ऐतिहासिक स्थलको विकासमा जनप्रतिनिधिको संलग्नता, श्रमदान देखी श्रमदाता सम्मानमा घिमिरेको प्रसंसा।(तस्बिर सहित)

1

डिआरजी सुमन, मैदान।
अर्घाखाँची डटकम् । पाणिनिमा जनप्रतिनिधी ऐतिहासिक पर्यटकीय स्थल संरक्षणमा श्रमदान गर्न तल्लीन भएको पाईएको छ । अर्घाखाँचीमा सड़क संजालको विकास पूर्व कपिलवस्तु गहेहडावाट पुर्खाहरुले नुन वोक्ने क्रममा महत्वपूर्ण पथ मानिएको वैरिया,पावर,दमिल्ला,तारिके,ओधार्ने,श्यामिकारुख,वाख्रे,हुदै आउने क्रममा पहिलोपटक हिमालय र तराईको फाँट झलक देखिनेगरी वाँस वस्ने महत्वपूर्ण विश्राम स्थल तत्कालिन ढाँण मैदान खत्रीपोखरी(हाल पाणिनि गाँउ पालिका ५) मा लामो समयपछि जनप्रतिनिधीको नजरमा परेको छ ।

ad

आर्थिक वर्ष २०७९-८० मा स्वतन्त्र पत्रकार डिआरजी सुमनको आग्रहमा पाणिनि गाँउ पालिका वडा नं ५ वाट विनियोजन गरिने विकासे रक़मवाट रु ५० हज़ार वडा अध्यक्ष मार्फ़त विनियोजन भएको थियो । दुर्गम स्थलमा प्रतिक्षालय निर्माणको अति न्यूनतम रक़म रहेको भन्दै अर्को वर्ष एक लाख विनियोजन गरिने आग्रह गरेको भएता पनि डिआरजी सुमनको न्यूनतम रक़म सम्बोधन गरे वाँकि श्रमदान गरिने सल्लाह वमोजिम अनन्त कार्यक्रम सम्पन्न भएको छ । ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण मानिएको उक्त स्थलमा निर्माणाधीन प्रतीक्षालयमा श्रमदान गर्ने दाताहरुलाई वडा नं ५ वडाध्यक्ष ईन्द्रामणी घिमिरेद्धारा सम्मान पत्र मार्फ़त सम्मानित गर्ने कार्यक्रम सम्पन्न भएको छ । पाणिनि गाँउ पालिका वडा नं ५ का वडा अघ्यक्षले श्रमदातालाई धन्यवाद सहित सम्मान पत्र हस्तान्तरण गर्नु भएको छ ।

May be an image of 7 people

ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण मानिएको उक्त स्थलमा आगामी दिनमा वडावाट थप कार्यक्रम संचालन गरिने प्रतिवद्धता गर्नु भएको छ । पाणिनि गाँउ पालिका सहित विभिन्न स्थानको सामाजिक क्षेत्रमा राम्रो अनुभवी तथा विकास प्रेमी नेतृत्वकर्ताको रुपमा परिचित ईन्द्रमणि घिमिरेले खत्रिपोखरी – जितारे घोरेटो वाटो,कालीकाठी – खत्रीपोखरी घोरेटोवाटो,कालिकाठी – जितारे घोरेटोवाटो सरसफाई र खत्रीपोखरी र जितारेमै रहेका पोखरी व्यावस्थापन गर्नेगरी आगामी योजना वनाउने वताउनु भएको छ ।

May be an image of 5 people, grass and fog1

पाणिनि गाँउ पालिका कृषि शाखा अधिकृत मेघराज पौडेलले लोपोन्मुख श्रम संस्कृतिलाई पुनर्स्थापित गर्नेगरी ऐतिहासिक स्थल वाट श्रमदान कार्यक्रम प्रारंभ गरिएको वताउनु हुदै यस कार्यक्रमलाई प्रोत्साहन गर्नु हुने पाणिनि गाँउ पालिका वडा नं ५ वडा अध्यक्ष इन्द्राणी घिमिरेलाई धन्यवाद दिनु भएको छ । पाणिनि गाँउ पालिका वडा नं ५ को खत्रीपोखरीमा सम्पन्न कार्यक्रममा पाणिनि गाँउ पालिका वडा नं ५,अध्यक्ष इन्द्रमणी घिमिरे,प्राविधिक देवराज घिमिरे,पाणिनी गाँउ पालिका कृषि शाखा प्रमुख मेघराज पौडेल,स्वतन्त्र पत्रकार डिआरजी सुमन, पाणिनि गाँउ पालिका पशुपक्षि शाखा प्रमुख कृष्ण प्रसाद घिमिरे,उद्यम विकास शाखाका कर्मचारी दिनेश शर्मा,डिआरजी सुमन फ़ैन्स कल्व नेपालका कोषाध्यक्ष श्यामलाल पौडेल,डिआरजी सुमन फ़ैन्स कल्व नेपालका सचिवालय सदस्य दिननाथ घिमिरे लगयातको उपस्थिति रहेको थियो ।

– तस्वीर : डिआरजी सुमन,मैदान,अर्घाखाँची डटकम् ।

May be an image of 6 people and fogMay be an image of 7 people

ad

 

अन्य समाचारहरु