लुम्बिनी बौद्ध विश्वविद्यालय र देवदह ९ बीच विकास उद्धमशिलता कार्यक्रममा सैद्धान्तिक सहमति (तस्बिर सहित)

1

– टेकराज भुसाल
साउन १९, बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले संचालन गर्न लागेको विकास उद्धमशिलता कार्यक्रमको विश्वविद्यालय र देवदह नगरपालिका वार्ड नम्बर ९ बीच सैद्धान्तिक सहमति भएको छ।

No description available.ad

शुक्रबार लुम्बिनी बौद्ध विश्वविद्यालय स्कुल अफ डिभलपमेण्ट स्टडिज एण्ड एप्लाइड साइन्सेज्का डीन उकेशराज भुजु र वडा अध्यक्ष माेहन बहादुर जिसीले विकास उद्धमशिलता कार्यक्रम सैद्धान्तिक सहमति गर्नुभएको हो।

No description available.

सहमतिपछि बाेल्दै विश्वविद्यालयका डिन उकेशराज भुजु र विषय विज्ञ सन्दिप सापकोटाले विकास उद्धमशिलता कार्यक्रमले पछिल्लो समय व्यापक रुपमा देखा पर्दै आएको विद्यार्थी विदेश पलायन हुने समस्यालाई कम गर्दै विद्यार्थीहरुमा देशमै केही गर्नुपर्छ भन्ने मानसिकता बन्ने बताउदै स्थानीय स्तरमा रहेको स्रोत र साधनको प्रयाेग हुने गरि यो कार्यक्रम डिजाइन गरेकोले यसले देशको मुहार फेर्न ठुलो सहयोग गर्ने बताउनुभयो।

वडाध्यक्ष माेहन बहादुर जिसीले विश्वविद्यालयले ल्याएको कार्यक्रमलाई स्थानीय तहले सहयोग गरेमा मात्रै कार्यक्रम सफल हुने भन्दै कार्यक्रमलाई सहयोग गर्न तयार वडा तयार रहेको बताउनुभयाे।

वडा सचिव कमल टण्डनले सहजीकरण गर्नुभएको कार्यक्रममा विषय विज्ञ बाबुराम बन्जाडे, बासुदेव बेल्वासे, लक्ष्मण टण्डन, गाेविन्द बहादुर खत्री, टेकराज भुसाल र वडा सदस्यहरुकाे उपस्थिति रहेको थियो।

ad