माओवादी केन्द्र ; अध्यक्ष पुष्पकमल दाहालले पदाधिकारीको जिम्मेवारी हेरफेर गरे

काठमाडौँ — नेकपा माओवादी केन्द्रले पदाधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ । केन्द्रीय कमिटीको चौथो पूर्ण बैठकका बीच प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहालले पदाधिकारीको जिम्मेवारी हेरफेर गरेका हुन् ।

जसअनुसार वाग्मती प्रदेश इन्चार्जको जिम्मा जनार्दन शर्माले पाएका छन् भने वर्षमान पुनलाई विशेष प्रदेशको जिम्मा दिइएको छ ।केन्द्रीय सदस्य राजन दाहालले संगठनात्मक क्षेत्रमा देखिएको समस्या समधान गर्ने गरी जिम्मेवारी बाँडफाँट गरिएको बताए ।

1

१) वर्षमान पुन- विशेष प्रदेश इञ्चार्ज

२) चक्रपाणि खनाल- कोशी प्रदेश इञ्चार्ज

३) लीलामणि पोख्रेल- मधेश प्रदेश इञ्चार्ज

४) जनार्दन शर्मा- वाग्मती प्रदेश इञ्चार्ज

५) देवेन्द्र पौडेल- गण्डकी प्रदेश इञ्चार्ज

६) हितमान शाक्य- लुम्बिनी प्रदेश इञ्चार्ज

७) मात्रीका यादव- कर्णाली प्रदेश इन्चार्ज

८) डिलाराम आचार्य- सुदूरपश्चिम प्रदेश इञ्चार्ज

९) गिरिराजमणि पोख्रेल- उपत्यका सम्पर्क समन्वय प्रदेश इञ्चार्ज

१०) राम कार्की- प्रवास प्रदेश इञ्चार्ज

ad