

नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन्।


मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले गल्फुटारबाट पक्राउ गरेको हो।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सांसद शर्मालाई सीआईबीको टोलीले पक्राउ गरेको जानकारी दिएका छन्।

नेपाल प्रहरीको उच्च स्रोतले पनि शर्मालाई पक्राउ गरिएको जानकारी दिएको छ। ‘उहाँलाई पक्राउ गरिएको छ’, प्रहरी स्रोतले भन्यो, ‘हामी छानबिनको प्रक्रियामा छौँ, अहिले थप बोल्न मिल्दैन।’
नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । उनलाई नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार काठमाडौंको गोल्फुटारबाट पक्राउ गरेको हो ।







