सोमबार पनि प्रतिनिधि सभा बैठक स्थगित

फाइल फोटो

1

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले नाराबाजी गरेपछि सोमबारपनि प्रतिनिधि सभा बैठक   स्थगित भएको छ।  सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमाले सांसदहरूले नाराबाजी गरेका थिए।

सभामुख देवराज घिमिरेले कार्यसूचीमा रहेका सबै कार्यक्रम हटाएर प्रतिनिधि सभा बैठक भदौ ३ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन्।

बैठकको आकस्मिक् समयमा नेपाली कांग्रेसका सांसद सुनिल शर्मा र एमालेका सांसद मानवीर राईले धारणा राखेका थिए।

ad