पाणिनि गाँउ पालिकाको मैदान र अडगुरीमा राष्ट्रीय परिचय पत्र वनाउने शिविर संचालन, पहिलो दिनमै ६० जना सेवाग्राही प्रत्यक्ष लाभान्वित । (तस्बिर सहित)

1

-डिआरजी सुमन ,मैदान । 

वुधवार, २०८० श्रावण ३१, अर्घाखाँची । पाणिनि गाँउ पालिकाको वडा नं ५ मैदान र ७ अड्गुरीमा श्रावण ३१ देखी राष्ट्रीय परिचय पत्र वनाउने शिविर संचालन भएको छ । पाणिनि ५,मैदान वडा कार्यालयमा मंगलवार वसेको जनप्रतिनिधी सहितको सर्वदलीय वैठककले क्षेत्र विभाजन गरी साविकको १ वडावाट कार्यक्रम प्रारम्भ गर्नेगरी सुचना सार्वजनिक भएको छ ।

ad

पाणिनि गाँउ पालिका वडा नं ५ को कार्यालयमा मंगलवार वडा अध्यक्ष इन्द्राणी घिमिरे,सदस्य धनसिंग सुर्यवंशी, पार्वता सुनार,उमादेवी रोकाय,स्वतन्त्र पत्रकार डिआरजी सुमन,नेकपा एमाले नेता थानेश्वर घिमिरे,नेकपा माओवादी केन्द्रका नेता देवीलाल न्यौपाने,नेपाली कांग्रेसका नेता गणेश घिमिरे, राप्रपा नेता वेदराज घिमिरे, राजमो नेता निमिराज भट्टराई, स्वास्थ्य चौकी प्रमुख जगदीश घिमिरे,वडा कर्मचारिहरु सहित राष्ट्रीय परिचय पत्रको लागी विभागवाट तोकियका आधिकारिक विवरण दर्ता अपरेटर सुरक्षा पन्त,घनश्याम खनाल,कविता पुनः को उपस्थितिमा शिविर संचालन हुने मिती र स्थान तय गरिएको हो ।

अर्घाखाँची पाणिनी गाउँपालिका वडा नं. ५ अन्तर्गत सञ्चालन हुने राष्ट्रिय परिचयपत्र बनाउने शिविरमा साविक मैदान गाविसका साविक १ वडालाई आधार मानेर मिति २०८०।०४।३१- जम्बोट, चौर, बाँसकारुख मालिका देखि तल । मिति १ कार्यालय मिति २०८०।०४।३२- भलायडाँडा, मनन्थुम मालिका देखि माथि ।

साविक २ मिति २०८०।०५।०१ – बहखोर देखि भुसाल पोखा बाटामुनी २ ” मिति २०८०।०५।०३ गैरा टोल, चिचौर टोल साविक ३ मिति २०६०।०५।०४ भुसाल टोल, कटेरे टोल, टार टोल, मातादिप टोल मिति २०८०।०५।०५ डाँडाका पोखरा देखि मैरिथुम कोलमुनी टिकेटारी सम्म ३ ” साविक ४ मिति २०८०।०५।०६ वाजपोखरा देखि तल ४ ” मिति २०८००५।०७ वाजपोखरा देखि माथि मैदान सम्म साविक ५ मिति २०८०।०५।०८ दुर्गा टोल

मिति २०८०/०५/१० अमिनडाँडा, घाँसखोल केम्राघारी ५ ” मिति २०८०।०५।११ कटौजे टोल भिरवारी मैदाने टोल साविक ६ मिति २०८०।०५।१२ ढोरपाटन बाटामुनी देखि नयाँगाउ सम्म मिति २०८०।०५।१३ ढोरपाटन बाटादेखि माथि मैलिपोखरा सम्म ६ ” साविक ९ नेटाकापो मिति २०६०।०५।२१ खोलापारी टोल, ७ मिति २०५०।०५।२२ मांझटोल हर्रापाटा लेख टोल मिति २०८०।०५।२४ बिर्दि टोल कमेरे बर्थान मसिना खरा साविक

मिति २०८०।०५।२५ स्कुल डांडा टोल, गैरा टोल लहरधारा ओडाले माँझ ” टोल सम्म मिति २०८०।०५।२६ रेस्मी टोल, पाखापानी, मजुवा टोल डाँडा टोल साविक ७ मिति २०८०।०५।२७ उपल्ला अमजा, नेटा, पातले खर्क ७ ” | मिति २०६०।०५।२८ सल्लेरी देखि माथि काफलबुटा, बलालटोल का नागरिक लाई सेवा उपलब्ध गराउने निर्णय भएको छ ।

पाणिनि गाँउ पालिका वडा नं ५ को वडा कार्यालय वाट सार्वजनिक विदा वाहेक दैनिक सेवा प्रवाह को व्यावस्था मिलाईएको वडा अध्यक्ष ईन्द्रमणी घिमिरे द्वारा जारी सुचनामा जानकारी गराईएको छ ।

राष्‍ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले पहिलो कानुनी अधिकार स्थापना गर्ने “व्यक्तिगत घटनादर्ता” कार्य साथै नेपाल सरकारका अत्यन्त लोकप्रिय दुई ठूला कार्यक्रमहरु; सामाजिक सुरक्षा अन्तर्गत “नगद प्रवाह” र व्यक्तिहरुको डिजिटल पहिचान (Digital Identity) स्थापना गर्ने

बहुउपयोगी “राष्‍ट्रिय परिचयपत्र” वितरण कार्यको जिम्मेवारी सम्हाल्दै आएको छ । नागरिकहरुको पहिचान र हितमा सञ्चालित तिनवटै कार्यक्रमहरु कुनै न कुनै रुपमा अन्तरसम्बन्धित छन् र हाल प्रविधिमा पनि आधारित छन् । यसकारण आ–आफ्नै किसिमले सञ्चालन भईआएका तीनवटा कार्यक्रमहरु विभागको स्थापना सँगै एउटै छातामुनी सञ्‍चालित छ । राष्‍ट्रिय परिचयपत्र” व्यक्तिका परिचय प्रमाणिकरणको डिजिटल समाधान (digital solution) हो ।

अत्याधुनिक डिजिटल विशेषता रहेकाले अहिलेको आधुनिक युगमा यसलाई सार्वजनिक सेवासँग अन्तरसम्बन्धित गराई विविध कामका लागि प्रयोगमा ल्याउन सकिने हुनाले यसको अत्यन्त महत्व रहेको छ । यसलाई सफलतापूर्वक आफ्नो देशमा लागू गराउने धेरै देशहरुको नीति रहेको छ भने कतिपय देशमा यसको सफल प्रयोग समेत भैरहेको छ ।

1

विना भेदभाव सबै नागरिकहरुले यस्तो डिजिटल परिचयपत्र प्राप्‍त गर्नु भनेको राष्‍ट्रिय समावेशीकरणलाई समेत टेवा पुर्‍याउनु हो । नेपाल सरकारले २०६६-०६७ को बार्षिक नीति तथा कार्यक्रम र बजेट वक्तव्यमार्फत सबै नेपाली नागरिकलाई राष्‍ट्रिय परिचयपत्रको रुपमा निर्वाचनमा समेत प्रयोग

गर्न सकिने गरी फोटो सहितको बायोमेट्रिक स्मार्ट कार्डको प्रयोग गर्ने व्यवस्था गरिने यससम्बन्धी व्यवस्था कार्यान्वयनका लागि एउटा छुट्टै केन्द्रीय निकाय खडा गरिनेछ भनी घोषणा अनुसार नेपाल सरकारको मिति २०६७/०३/१६ को निर्णयानुसार गृहमन्त्रालय अन्तर्गत विभागस्तरको केन्द्रीय निकायको रुपमा मिति २०६७/०४/०१ मा राष्‍ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र (National ID Management Center) को स्थापना भएको हो र पछि मिति २०७५/०६/२८ मा उक्त केन्द्र र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत रहेको केन्द्रीय पञ्जीकरण विभागलाई एकिकृत गरी राष्‍ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग स्थापना गर्ने निर्णय भए अनुसार राष्‍ट्रिय परिचयपत्रको काम समेत यसै विभागबाट हुदै आएको छ ।

तस्वीर : डिआरजी सुमन, मैदान , अर्घाखाँची ।

ad