

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन्। थापाले ४७ मत पाएर विश्वासको मत पाएका हुन्। ९३ सदस्यीय प्रदेश सभामा आजको बैठकमा ७७ जना उपस्थित थिए। प्रस्तावको विपक्षमा ३० मत परेको छ। बैठक ६ भदौसम्मका लागि स्थगित भएको छ।


विश्वासको मत लिने क्रममा कोशी प्रदेश सभामा नाराबाजी भएको छ। नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका हुन्।

विश्वासको मतका लागि मतदान सकिएपछि उनीहरुले नाराबाजी गरेका हुन्। नाराबाजीकै बीच बैठक सञ्चालन गरिरहेका ज्येष्ठ सदस्य इस्राइल अन्सारीले मतपरिणाम सुनाएका थिए।







