सुन तस्करी; उच्च स्तरीय समिति गठन प्रस्ताव अन्तिम रूप दिन बैठक बस्दै

  1

काठमाडौँ । राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठक आज बस्दैछ ।

शीर्ष नेताहरूको बैठक बसेर सुन तस्करी सम्बन्धमा छुट्टै उच्च स्तरीय समिति गठनका लागि प्रस्तावलाई अन्तिम रूप दिने भनिएको शीर्ष नेताको बैठक फेरि बस्न लागेको हो ।

ad

मंगलबार सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरूको बैठक स्थगित भएको थियो ।

मंगलबार दिउँसो २ बजे बानेश्वरस्थित संसद् भवनमा तोकिएको बैठकमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भई अनुपस्थित भएपछि बैठक आजसम्मलाई स्थगित भएको थियो ।

ad