छत्रदेव ; ताराखसेमा रहेको तेह्र तले आकाशदेवी मन्दिर पर्यटकको पर्खाइमा

1

No photo description available. – सुजन न्यौपाने 

छत्रदेव ७ बाहिगाउ स्थित ताराखसेमा निर्मित आकाशदेवी मन्दिरले पर्यटक कुरिरहेको छ् । हिन्दू धर्ममा आस्था राख्नेहरुको धार्मिक आस्थाको धरोहर यो मन्दिर अर्घाखाँची जिल्लाकै अग्लो मन्दिर हो । एतिहासिक एवम् धार्मिक श्री आकाशदेवी मन्दिर छुट्टै पहिचान र महत्व बोकेको मन्दिर हो । मध्यपहाडि क्षेत्रको सितल जलबायुमा रहेको आकाशदेवी मन्दिर सामुन्द्रिक सतहबाट १३५० मिटरको उचाईमा रहेको छ । किम्बदन्ति अनुसार परापुर्वकालमा उल्कापात हुदाँ उक्त स्थानमा एक प्राकृतिक पोखरिको स्थापना भएको थियो र सोहि उल्काको एउटा टुक्रा केहि तल गई अर्को प्राकृतिक पोखरी बनेको थियो । उक्त पोखरीलाई चुरनपोखरी नामाकरण गरिएको थियो भन्ने विश्वास रहिआएको छ ।No description available.

ad

हाल यो पोखरी भेटिदैन यति ठुलो महत्वबोकेको पोखरी पुरिएको छ । ताराखसे पोखरीको उत्तर पुर्वमा परापुर्व कालदेखीको एउटा लेवासको गाझ रहेको छ , जहाँ नाग भगवानको स्थापना भएको छ । नाग देवताले रगतको वलि नखाने हुदाँ उक्त पोखरीमा वलिको रगत पारिदैन । यो लेवासको गाझमा ठुलो दैबिक शक्ति रहेको छ । बिशेषगरि दुर्गापुजाको समयमा नाग भएको स्थानमा धिपिधिपि बत्ति बलेको देखिएपछि धर्मागत न्यौपाने , देउदत्त न्यौपाने , टिका न्यौपानेका सन्तानले धार दिने , नयाँ अन्नवालि स्याहार्दा उक्त स्थानमा चढाउने गरि पुजाको सुरुवात गरेको पाइन्छ ।

1

पछि धर्मागत न्यौपाने र रेणु पाण्डेको अगुवाईमा गाउँको सहयोगमा खरको छानो भएको कोट निर्माण गरि पुजाको सुरुवात गरिएको पाईन्छ । यो मन्दिर २००८ सालमा स्थापना भएको थियो र हाल पुनः निर्माण हुदै जिल्लाकै अग्लो १३ तले मन्दिरको रुपमा निर्माण सम्पन्न भईसकेको छ । पछिल्लो समय यो मन्दिर ओझेलमा पर्ने थालेको छ यातायाको राम्रो पहुँच नहुनाले यो मन्दिर ओझेलमा पर्न थालेको हो । जिल्लामै १३ तले मन्दिर बन्दा पनि धेरैलाई थाहा नहुनु अनौठो कुरा हो ।

मन्दिरमा आएर दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको पुजारी बिष्णु प्रसाद मरासिनीले बताउनुभयो । सुन्दर स्थलमा रहेको यो मन्दिर प्रसार प्रसारको कमीले ओझेलमा परेको स्थानिय युवा शोभाखर न्यौपाने अतितको भनाइ छ । यसको महत्त्वलाई देश विदेशमा चिनाउन सके यसले यो क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने अध्यक्ष कृष्ण पाण्डेले बताउनुभयो । चिताएको पुग्ने तथा मनोकांक्षा पूरा हुने धार्मिक विश्वासले मानिस यहाँ आउने गरेको सचिव मनिलाल न्यौपानेले बताउनुभयो ।

ad

मन्दिर परिसर भित्र देवीको मुर्ती , शिव, गणेश तथा नाग को मुर्ती छ मन्दिरमा तीज, शिवरात्रि, रामनवमी, बालाचतुर्दशी , जन्माष्टमी , र दशैंमा ठुलो मेला लाग्ने गर्दछ। सिमित स्रोत र साधनका बिचमा पनि एतिहासिक र धार्मिक क्षेत्रको प्रबर्दनमा ध्यान दिदै असिमित माग र चाहानालाई पूरा गर्ने कोसिस गरिरहेको गाउँपालिकाले जनाएको छ । यो संगै धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरेर आन्तरिक तथा बाह्य धार्मिक पर्यटक भित्र्याउन गाउँपालिकाले भूमिका खेल्नुपर्ने स्थानीयको भनाइ छ ।

ad

अन्य समाचारहरु