‘पटक-पटक संविधान मिचेर संसद विघटन गर्ने नेताबाट कुनै आन्दोलनको नेतृत्व हुन सक्दैन’- प्रधानमन्त्री प्रचण्ड

1

रुपन्देही । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री भएपछि एक महिना पनि टिकिन्न कि भन्ने लागे पनि सबैको साथले अहिलेसम्म टिकिराखेको बताएका छन् ।

ad

मंगलबार समाजवादी मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्न रुपन्देहीको बुटवल पुगेका दाहालले सरकारमा बसेर आफूले कुनैपनि गलत काम नगरेको दाबी गरे । उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्मा जतिसुकै फण्डा झिकेपनि आफै परास्त भएको र सरकार आफ्नो गतीमा अगाडि बढेको टिप्पणी गरे । उनले भने ‘प्रतिपक्षी साथीले संसदमा अनेक गर्नुभएको छ, तर पनि चिज अगाडि बढेकै छ, बढ्छ’।

1

प्रधानमन्त्री दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै पटक पटक संसद विघटन गर्नेले कुनैपनि आन्दोलनको नेतृत्व गर्न नसक्ने दाबी गरे । उनले भने ‘यो मोर्चाभन्दा बाहिर रहेका शक्तिहरु नक्कली हुन् पटक पटक संविधान मिचेर संसद विघटन गर्ने नेताबाट कुनै आन्दोलनको नेतृत्व हुन सक्दैन । गणतन्त्र जनताको हुने हो वा बुर्जवाहरुको,श्रमिक वा पूँजीपतिहरुको हुने हो ? त्यसैको लागि यो मोर्चा बनेको छ’।

-आरएन

ad