माओवादीले आजदेखि जनतासँग विशेष रुपान्तरण अभियान सुरु गर्दै

1

काठमाडौ । नेकपा माओवादी केन्द्रले आजदेखि जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सुरु गर्दैछ ।

यसरी हुँदैछ माओवादीको विशेष रुपान्तरण अभियानad

गत साउन १७ गतेदेखि २१ गतेसम्म बसेको केन्द्रिय कमिटी बैठकको निर्णय अनुरुपको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान देशभरका सबै वडामा आज एकैसाथ सुरु गर्ने भएको हो । शुक्रबार पत्रकार सम्मेलन गरेर माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट अभियानको उद्घाटन गर्ने जानकारी दिनुभएको थियो । अभियानको लागि माओवादी केन्द्रले सबै केन्द्रिय कमिटी सदस्यहरुलाई कार्यक्षेत्र तोकिसकेको छ ।

1

जस अनुसार अध्यक्ष प्रचण्डले काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. २ को घट्टेडाँडाँ पार्कको कार्यक्रममा सहभागित जनाउनुहुने बताइएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ललितपुर महानगरपालिका २८ हरिसिद्धि ललितपुरमा जानुहुने भएको छ । उपाध्यक्षहरुमा कृष्णबहादुर महरा सुनछहारी गाउँपालिका जेलवाङ रोल्पा, प्रपक्ता सापकोटा लिसंखुपाखर ३ सिन्धुपाल्चोक र पम्फा भुसालले ललितपुर महानगरपालिका २२को जिम्मेवारी लिनु भएको छ ।

माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको नारा ‘घरघरमा माओवादी, जन–जनमा माओवादी’ राखेको छ । अभियानको क्रममा नविकरण र बिस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या ८ लाख पु¥याउने लक्ष्य राखेको छ ।

ad