अर्घाखाँची: चट्याङले एक जनाको ज्यान गयो, चार गम्भीर घाइते

1

-प्रेमनारायण आचार्य, अर्घाखाची ।

अर्घाखाँची – अर्घाखाँची मालारानीको गोखुंगामा आज दिउँसो चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।

त्यस्तै चट्याङ लागेर अन्य चार जना जना गम्भीर घाइते भएका छन् ।

ad

ज्यान जानेमा अर्घाखाँचीको मालारानी गाउँपालिका–९ गोखुंगा सेपानेका स्थानीय २० वर्षीय मिलन खनाल रहेका छन् ।

खनालको उपचारको क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँची सूचना अधिकारी प्रहरी निरिक्षक बिक्रम रिजालले जानकारी दिए । रिजालका अनुसार घटनामा २० बर्षिय दामोदर खनाल, २५ बर्षिय जेम बहादुर पुन, २२ बर्षिय चन्द्र बहादुर पुन, २५ बर्षिय लिल बहादुर पुन गरी ४ जना गम्भीर घाइते भएका छन् ।

1

घाइते चारै जनालाई अर्घाखाँची अस्पतालमा प्राथमिक उपचार पछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको छ । दिउँसो घरबाट बजार गएका उनीहरु स्थानीय दुर्गा बहादुर पुनको घरमा ओत्त लागेर बसेका थिए ।

ad