एमसिसि बिकासको नाममा सैन्य हस्तक्षेप बढाउने कुटील षड्यन्त्र – चिरन सी (तस्बिर सहित)

Open photo

-टेकराज भुसाल ,अर्घाखाची डट्कम।

बुटवल- नेकपाका पोलिटव्यूरो सदस्य चिरन सीले एमसिसि बिकासको नाममा सैन्य हस्तक्षेप बढाउने कुटील सड्यन्त्र भएको बताएकाछन । उनले विकासको नाममा आएको एमसीसी युद्वसंगै जोडिएर आएको भन्दै एमससिसिले नेपाल समृद्ध हैन बर्बाद पार्ने बताए ।

No description available.ad

नेकपाको केन्द्रीय कार्यक्रम अनुसार मंगलबार बुटवलको बषपार्कमा आयोजित साँस्कृतिक सभालाई सम्बोधन गर्दै उनले कम्युनिष्ट विचार नहाचाने अमेरिकी साम्राज्यवादबिरुद्व देशभक्त जनता एकजुट हुनुपर्नेमा जोड दिए ।

No description available.1

एमसीसी परियोजनाले विकास गर्छ भनेर जनतालाई भ्रममा पारेका कांगे्रस, एमाले र माओवादीले जनबिरोधी काम गरेको भन्दै उनले देशभक्तहरु एमसीसीको खारेजी र देशमा बढ्दो दलालीकरण एवं भ्रष्टाचारको बिरुद्ध संघर्षमा लाग्न अपिल समेत गरे ।

No description available.ad

यस्तै उक्त अभियानका नेतृत्व तथा सामना परिवारका संयोजक आरोह सीले विकासको नाममा एमसीसी ल्याएर यो सरकारले विदेशी हस्तक्षेप बढाएको बताए । जनवादी गायक एवं संगितकार समेत रहेका उनले काङ्ग्रेस, एमाले एमाओवादीका गलत कामले जनतामा राजनीतिक दलप्रति निरासा छाएको भन्दै आन्दोलन र क्रान्तिप्रति जनताको चासो घट्दै गएको बताए ।

No description available.

एमसीसी परियोजनाले नेपालमा अशान्ति ल्याउने बताउंदै एमसीसीका दलालहरुविरुद्व थप शसक्त आन्दोलन केन्द्रित गर्ने बताए । उनले एमसिसि बिरुद्धका गित गाउँदै एमसीसी नेपालका लागि चाहिँदैन तेसैले देश चाहने हरेक नेपाली मिलेर लागू हुन नदिन अपिल समेत गरे।

No description available.

सामना परिवारका कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गर्दै एमसीसी परियोजनाको बिरोध गर्दै देशमा विदेशीक हस्तक्षेप बढेकोमा चिन्ता ब्यक्त गरेका थिए । कलाकारहरुले हुँदैन एमसीसी हुँदैन, जहाँ टेक्छ अमेरिका त्यहाँ हाहाकार, संघर्षमा अधि बढौं, हुनेछ भन्थे जनतालाई सुख लोकतन्त्र

No description available.

आएसी, सिमलको भुवा जस्तै भुरु उडी देशछोडी नजाउ, मेरो देश रुँदा तिमी कसरी देशभक्त भयौ र? भन्ने जस्ता गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए।

No description available.

जेसिसचोकबाट शुरु भएको मार्चपास नयाँ बसपार्कमा पुगेर सभा तथा सांस्कृतिक कार्यक्रम गरिएको थियो । नेपाल कम्युनिष्ट पार्टीले सामना परिवारको साथमा एमसिसि परियोजना लागुहुने जिल्ला र क्षेत्रहरुमा मार्चपास तथा सांस्कृतिक कार्यक्रम गर्दै आएको र सोही अन्तर्गत बुटवलमा कार्यक्रम गरेको नेकपाका सेक्रेटेरी विरेन्द्र सीले बताए ।

No description available.

लप्सीफेदीदेखि सुरुभएको मार्चपास तथा सामना सांस्कृतिक कार्यक्रम, नुवाकोट, धादिङ, तनहुँ, पाल्पा हुंदै मंगलबार बुटवलमा आएको हो ।