

काठमाडौं । नेकपा (एमाले) वागमती प्रदेशको अधिवेशनमा आज (शुक्रबार) मतदान हुँदैछ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी अधिवेशनमा संशोधित कार्यतालिका अनुसार बिहान ८ बजेबाट मतदान हुनेछ ।


अध्यक्ष पदमा पाँच आकांक्षीले उम्मेदवारी दर्ता गराएका थिए । त्यसमध्ये अहिले अध्यक्षमा दुई जना मात्रै उम्मेदवार बाँकी छन् । कैलाश ढुंगेल र कृष्ण दाहाल बाहेकले उम्मेदवारी फिर्ता लिइसकेका छन् । केशव पाण्डे, सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीले उम्मेदवारी फिर्ता लिएका हुन् ।








