एमाले कर्णालीको नेतृत्वका लागि आज मतदान, अध्यक्षका उम्मेदवार पाँच जना

Open photo

सुर्खेत। नेकपा एमाले कर्णाली प्रदेशको भावी नेतृत्व चयनका लागि मतदान हुँदैछ ।

निर्वाचन समितिका अनुसार मतदान आज अपरान्ह १२ बजेबाट सुरु हुनेछ । निर्वाचन समितिका अनुसार कर्णाली प्रदेशको अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी दर्ता गराएका छन् ।

एमाले कर्णालीको नेतृत्वका लागि मतदान आज, अध्यक्षमा ५ जनाको उम्मेदवारी «  Drishti News – Nepalese News Portal1

निर्वाचन अधिकृत मातृका खनालका अनुसार अध्यक्षका लागि गुलावजंग शाह, मीन बहादुर शाही, राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले उम्मेदवारी दर्ता गराएका हुन् ।

आज बिहान ८ बजे उम्मेदवारकाे अन्तिम नामावली सार्वजनिक गरिनेछ ।

आज हुने निर्वाचनले एमाले कर्णाली अधिवेशनले पाँचजना पदाधिकारी सहित १३५ सदस्यीय कमिटी निर्वाचित गर्ने निर्वाचन निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए ।

कर्णालीका १० जिल्लाका ६०४ प्रतिनिधिहरूले मतदान गरेर नयाँ नेतृत्व चयन गर्नेछन् ।

ad