बझाङ जादै गरेका प्रधानमन्त्रीलाई रबिको सुझाब: हेलिकप्टरको आवाजले चर्किएका घरहरु नभत्किउन्

Open photo

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रबि लामिछाने बझाङमा जान लाग्नु भएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रभावितलाई निरास नबनाउनुहुन आग्रह गर्नुभएको छ ।

1

बझाङमा नै रहनु भएका लामिछानेले  सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्रीलाई हेलिकप्टरको आवाजले चर्किएका घरहरु नभत्किउन् , हेलिकप्टर गैसकेपछि सकेसम्म अरु पुग्न नसेकेका दुर्गम ठाउँ तिर पुग्नु होलाभनेर सुझाब दिनु भएको छ ।

उनले यस्तो लेखेका छन : 

प्रधानमन्त्रीज्यू आज भूकम्प प्रभावित जिल्ला बझाङ आउँदै हुनुहुन्छ भन्ने सुनें। यहाँ प्रभावितको व्यवस्थापनमा समस्या छ। सबैका लागि प्रयाप्त त्रिपाल पनि छैन। चिसो बढ्दो छ, ओढ्ने-ओछ्याउने आवश्यक छ। बच्चा र जेष्ठ नागरिकको विशेष हेरचाह गर्नुपर्ने छ। स्वास्थ्य चौकीहरु र शिक्षालयहरुलाई प्राथमिकतामा राखी तत्काल बैकल्पिक उपाय सहितका टेम्पोरेरी सेल्टर टेण्ट आवश्यक छन् ।

प्रभावितलाई अब क्रमशस् अरु समस्याले पिरोल्ने छ। घर भत्किएका र चर्किएकालाई विस्तारै सुरक्षित आवासमा लैजानु पर्ने छ। प्रभावितबीच पुग्दै गर्दा प्रधानमन्त्रीज्यूले पक्कै यी समस्याबारे सोच्नु भएको होला। प्रभावितलाई निरास नबनाउनुहुन आग्रह गर्दछु।

हेलिकप्टरको आवाजले चर्किएका घरहरु नभत्किउन् , हेलीकप्टर गैसकेपछि सकेसम्म अरु पुग्न नसेकेका दुर्गम ठाउँ तिर पुग्नु होला। हामी बझाङका जनताको साथमा छौं।

111