
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसलाई एमाले र माअोवादीले खेलाएको टिप्प्णी गरेका छन्। नेपाली कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलन उद्घाटनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।


उनले एमाले र माओवादीले मात्रै नभएर कांग्रेसलाई हुँदाहुँदा राप्रपाले समेत खेलाएको टिप्पणी गरे। उनले भने,‘कांग्रेसलाई कहिले एमालेले खेलाइदिने, कहिले माअोवादीले खेलाइदिने। हुँदा हुँदा राप्रपाले पनि खेलाइदियो।’

कांग्रेसको माओवादीकरण, एमालेकरण र राप्रपाकरण नभई जनताले कांग्रेस, कांग्रेस जस्तो रहेको हेर्न चाहेको उनको भनाइ थियो।
‘जनताले चाएको कांग्रेस कांग्रेस जस्तो होस्। कांग्रेसको माओवादीकरण नहोस्। कांग्रेसको माओवादी करण नहोस् भन्दै गर्दाखेरी प्रतिक्रियामा आएर कांग्रेसको एमालेकरण नहोस्। कांग्रेसको राप्रपाकरण नहोस्,’ उनले भने।











