शहिद हुमानन्द बन्जाडेकाे शालिक प्रतिस्थापन कार्यक्रम सम्पन्न (तस्बिर सहित)

Open photo

-हिम लेकाली ,अर्घाखाची । 

मालारानी गाउपालिका वडा नं. २ स्थित डाँडाकटेरिमा बुधवार एक कार्यक्रम बिच सहिद हुमानन्द बन्जाडेकाे शालिक तथा प्रतिक्षालय पुन स्थापना गरिएकाे छ ।
२०१९ जेठ १४ मा साविक अर्घाताेष ९ हाल मालारानी २ पटाैटिमा जन्मिनु भएकाे सहिद हुमानन्द बन्जाडेलाई नेकपा माअाेवादि ले २०६० असाेज १२ गते जनयुद्धकाे क्रममा डाँडाकटेरि उहाँकै घरमा हत्या गरेका थिए ।

No description available.1

उहाँ तत्कालिन एमालेअर्घाताेष गाउँकमिटि सदस्य, युथ फाेर्स जिल्ला कमिटी अर्घाखाँचीकाे सकृय सदस्य हुनुहुन्थ्यो ।

No description available.

उहाँकाे सम्झनामा पार्टि द्वारा निर्मित शालिककाे अनावरण २०६७ कार्तिक २७ गते तात्कालिक पार्टी केन्द्रीय स्थाई कमिटी सदस्य के.पि . शर्मा अाेलीले एक भव्य समाराेह बिच गर्नु भएकाे थियाे। त्यस्काे निर्माण कार्य तात्कालिक नेकपा एमाले क्षेत्रीय कमिटिकाे पहलमा गरिकाे थियाे ।

No description available.

साे सालिक निर्माण गरिएकाे ठाउँ गत बर्ष बर्षाकाे कारणले भत्किएर शालिक क्षतीग्रस्त भए पछि नेकपा एमाले बडा न २ मालारानि बडा कमिटि र सहिद हुमानन्द बन्जाडेकाे परिवारकाे सकृयतामा पुन निर्माण गरि साेहि ठाउँमा शालिककाे प्रतिस्थापन गरिएकाे हाे।

No description available.

उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सांसद पूर्व मन्त्री चेत नारायण अाचार्यले पार्टीका ईमान्दार , निष्ठावान र जुझारू कार्यकर्ता हुमानन्नद बन्जाडेलाई क्रुरता पुर्वक हत्या गरेका माअाेवादिहरू यति बेला उहाँकाे रगतले पाेलेर मानसिक तनाब र बिछिप्त अबस्थामा पुगेकाे बताउँदै हत्या हिंसाकाे राजनितिलाई अंगालेका माअाेवादिहरू शान्तिपूर्ण प्रतिस्पर्धाकाे राजनितिमा आय पनि बिस्तारै कमजाेर हुँदै बिसर्जनकाे बाटाे मा पुगेकाे र २ बर्ष भित्र समाप्त हुने दावी गर्नु भयाे ।

No description available.1

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष पिताम्वर भुसालले सहिद हुमानन्द काे याेग दानकाे चर्चा गर्दै पुन शालिक निर्माण सम्पन्न गरेकाेमा वडा कमिटी र सहिद परिवार लाई धन्यवाद ज्ञापन गर्नु भएकाे थियाे , कार्यक्रममा सहिदका भाइ श्याम बन्जाडेले सामाजसेवी तथा निष्ठावान ब्यक्ति आदरणिय दाजुकाे के कारण ले हत्या गरिएको हाे ,हत्या भएको २० वर्ष पुग्दा सम्म हामिले त्यस्काे कारण थाहा पाउन नसकेकाे बताउँदै पार्टीले दाजु प्रति गरेकाे उच्च सम्मान प्रति मुग्धकण्ठले प्रशांसा गर्नु भयाे।

No description available.

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य नरेन्द्र कुमार क्षेत्री ,प्रदेश कमिटी सदस्य शालिकराम आचार्य ,पूर्व प्रदेश कमिटी सदस्य जनार्दन खनाल ,भविश्वर पाण्डे ,प्रेम नारायण गैरे ,जिल्ला कमिटी उपाध्यक्ष ईश्वरा पाेख्रेल ,उप सचिव शम्भु प्रसाद पाेख्रेल ,कार्यालय सचिव लिल बहादुर बि क ,जिल्ला कमिटी सदस्य तथा

No description available.

मालारानी ईन्चार्ज तिलक मिश्र ,जिल्ला कमिटी सदस्य तथा सन्धिखर्क नगर प्रमुख श्रीकृष्ण भुसाल ,जिल्ला कमिटी सदस्य लिल बहादुर पाण्डे ,गंगाराम खनाल ,मालारानी

No description available.

का .बा . अध्यक्ष बिष्णु प्रसाद मिश्र , ४ नं. बडा अध्यक्ष बिष्णु पाेख्रेल १ नं. का अध्यक्ष दधिराम आचार्य ,२ का अध्यक्ष याेगेन्द्र भुसाल ,४ नं. पार्टी वडा अध्यक्ष बलराम भुसाल लगायतकाे आतिथ्यता रहेकाे कार्यक्रममा पार्टीका सुभचिन्तक समर्थकहरूकाे सहभागीता रहेकाे थियाे ।

No description available.

कार्यक्रम मा सहिद परिवार ,सहिद पत्नी राधिका बन्जाडे ,भिमकला बन्जाडे ,भाइ श्याम बन्जाडे ,छाेरा युवराज बन्जाडे ,प्रविन बन्जाडे ,छाेरि अमृता बन्जाडे , दिदी द्राैपता भुसाल ,शुन्तला बन्जाडेलाई दाेसल्ला अाेडायर सम्मान गरिएकाे थियाे ।

No description available.

कार्यक्रमकाे अध्यक्षता पार्टी वडा कमिटी अध्यक्ष टाेमनारायण भुसाल,सन्चालन , प्रेम पछाई र स्वागत पालिका कमिटी सदस्य बाबुराम आचार्यले गर्नु भएको थियाे ।

 

111Open photo

अन्य समाचारहरु