पाणिनिको अड्गुरीमा क्रिकेट प्रतियोगिताको फ़ाईनल सोमवार, कड़ा प्रतिस्पर्धा विच सोमवार फ़ाईनल चरणका सवै खेल संचालन हुने (तस्बिर सहित)

Open photo

डिआरजी सुमन
अडगुरी । अर्घाखाँची डटकम् । पाणिनिको अडगुरीमा गणतान्त्रिक सृजनशिल युवा क्लबको आयोजनामा संचालित दोस्रो दिनको क्रिकेट खेल सम्पन्न भएता पनि निर्धारित दुई दिनमा सम्पन्न गर्ने खेल प्रतियोगिताका प्रतिस्पर्धि टिमको संख्या अधिक भएकै कारण थप एकदिन खेलको अवधि वढेर कार्तिक ०६ गते समापन गरिने आयोजक संस्थाका अध्यक्ष पोखरेलले वताउनु भएको छ ।

May be an image of 4 people and frisbee

एक औपचारिक कार्यक्रम विच शनिवार उद्घाटित खेल पाणिनी गाउँपालिका वडा नं ७ अड्गुरी, बुढाखोलामा आईतवार पनि जारी खुल्ला क्रिकेट खेल प्रतियोगिता को दोस्रो दिनको खेलमा जम्मा ६ ओटा टिमले प्रत्यक्ष सहभागिता जनाएका छन ।

May be an image of 13 people, people camping and frisbee

आईतवार जारी दोस्रो दिनको पहिलो खेल अड्गुरी दुबीचौर टिम र ईलाबेन स्टार टिम बिच खेल भएकोमा अड्गुरी दुविचौरको टिम छनौट चरणमा प्रवेश गरेसँगै ईलाबेन स्ट्रार टिम खेल बाट बाहिरिएको छ । दोस्रो दिनकै अर्को खेल झन्देक र आयोजित टिम बिच प्रतिष्पर्धा भएकोमा झन्देकको टिम छनौटमा परेसँगै आयोजक टिम खेल बाट बाहिरिएको छ । दोस्रो दिनकोअन्तिम खेल तल्लो पाली र जम्बोटिम मैदान बिच खेल भएकोमा तल्लो पाली छनौटमा परेसँगै भने जम्बो टिम म‌ैदान खेलबाट बाहिरिएको छ ।

May be an image of 10 people and tree

पाणिनिमा संचालित खुल्ला क्रिकेट खेल प्रतियोगिता को दोस्रो दिन जम्मा ६ ओटा टिम बिच कडा प्रतिष्पर्धा भएकोमा तीन टिम खेल बाट बाहिरिए भने तीन टिम छनौटमा परेका छन् । अत्यन्त प्रतिस्पर्धात्मक रुपमा खेलिएको क्रिकेट खेलमा सोमवार बाँकि तीन टिमहरू बिच कडा भिडान्त हुनेछ । सोमवारको पहिलो खेल झन्देक टिम र दुबिचौर बिच र दोस्रो खेल पहिलो म्याचबाट छनौटमा परेको टिमसँग तल्लो पालीको टिम बिच कडा प्रतिष्पर्धा हुन्छ।

May be an image of 13 people, people skeet shooting and frisbee

पाणिनिमा संचालित क्रिकेट खेलको अन्तिम दिन सोमवार एक औपचारिक कार्यक्रम विच विजयी टिम लाई लुम्बिनी प्रदेश सभा सदस्य श्री रामजि प्रसाद घिमिरे द्वारा पुरस्कार वितरण समारोह गरिने आयोजक संस्थाका अध्यक्ष श्री सन्दिप पोखरेलले वताउनु भएको छ ।

तस्वीर : डिआरजी सुमन,अडगुरी,अर्घाखाँची डटकम् ।

111Open photo

 

अन्य समाचारहरु