राजसंस्था इतिहास भइसक्यो, संसदीय व्यवस्थाले पनि निकास दिँदैन : विप्लव

‘जनताले समाजवाद चाहन्छ कि अहिलेको पुँजीवादी व्यवस्था चाहन्छ, त्यसबारे जनमत गरौँ,’  ‘हामी समाजवादको पक्षमा लड्छौँ । यही व्यवस्थालाई भोट दिएछन् भने हामी मान्छौँ ।’ 

Open photo

रोल्पा – नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमन व्यवस्थाको विकल्प खोज्नुपर्ने बताएका छन् । नेपालमा अब राजसंस्था इतिहास भइसकेको भन्दै उनले अहिलेको संसदीय व्यवस्थाले भने मुलुक र जनतालाई निकास नदिने बताए ।

1

आइतबार रोल्पाको माडी गाउँपालिका–२ घर्तीगाउँमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै उनले जनताले समाजवाद चाहन्छन् कि पुँजीवाद चाहन्छन् भन्ने विषयमा जनमतसंग्रह गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

पञ्चायतले समेत जनमतसंग्रह गरेको अवस्थामा जनताको मताधिकारलाई रोक्न नमिल्ने उनको भनाइ थियो ।

‘जनताले समाजवाद चाहन्छ कि अहिलेको पुँजीवादी व्यवस्था चाहन्छ, त्यसबारे जनमत गरौँ,’उनले भने, ‘हामी समाजवादको पक्षमा लड्छौँ । यही व्यवस्थालाई भोट दिएछन् भने हामी मान्छौँ ।’

1

‘देश पुरै कंगाल हुँदै जाने, ध्वस्त हुँदै जाने, निकास पनि दिन नमान्ने,’ उनले थपे, ‘हाम्रो विरोधी तत्वहरूले टाउको उठाउने, देश छिन्नभिन्न हुने अवस्थामा चुप लागेर बस्न हुँदैन ।’

 

111Open photo