कांग्रेसलाई गुटबन्दीको रोग लाग्यो, भ्याक्सिन लगाउनुपर्छ: चन्द्र भण्डारी

‘कांग्रेसप्रती अझै पनि जनता आशावादी छन्’ उनले भने,‘कांग्रेसलाई गुटबन्दीको रोग लागेको छ। महामारी फैलिएको गुटमा भ्याक्सिन लगाउनु पर्छ।’

Open photo

-लक्ष्मण घिमिरे  ।

 बुटवल- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपाली कांग्रेसमा ‘गुट’ ले महामारीको रूप लिएको बताएका छन्।

केन्द्रीय सदस्य भण्डारीले कांग्रेसका पक्षमा जनता अझै पनि आशावादी रहेको भन्दै पार्टी ‘गुट’ ले कमजोर बनाउँदै लगेको बताए।

1

रुपन्देहीको बुटवलमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता भण्डारीले परिवर्तनको पक्षमा उभिने कांग्रेसले आफूलाई परिवर्तन गर्न नसकेको बताए।

पार्टी भित्र गुटका मान्छेलाई काखी च्याप्ने र इतर पक्षकाविरुद्ध खनिने प्रवृत्तिले निर्वाचनमा अरूको बैसाखी टेक्नुपर्ने आवश्यकता आइपरेको उनले बताए। नेतागणका कारण कार्यकर्तामा निराशा पैदा भएको भन्दै उनले जनतालाई उत्साहित गर्ने कार्यक्रम ल्याउन कांग्रेसले पहल गर्नुपर्ने बताए।

धर्म, व्यवस्था र विकासका बारेमा तल्लो तहबाट आवाज उठिरहेको भन्दै नेता भण्डारीले जनताका समस्या समाधान गर्न तर्फ अग्रसर हुनुपर्नेमा जोड दिए।

1

जनताका सवाल एकातर्फ नेताहरुको व्यवहार अर्कोतर्फ भएपछि प्रश्न उठ्नु स्वाभाविक भएको भन्दै उनले नेतृत्वकर्ताले आफ्नो आचरणमा सुधार ल्याउनु पर्ने बताए। – नागरिक

 

111Open photo