
काठमाडौँ । एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा’ सुदूरपश्चिमबाट कर्णाली प्रदेश प्रवेश गरेको छ । मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट शुरु भएको यात्रा सुदूरपश्चिमका विभिन्न जिल्लामा कार्यक्रम सकेर आइतबार अछामबाट दैलेख जिल्ला प्रवेश गरेको हो ।



सोही पुलमा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाहलाई पार्टीको झण्डा समेत हस्तान्तरण गरेका छन् । अभियान पुस १ गते पाँचथर पुगेर सकिने एमालेले जनाएको छ ।








