
सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (सोमबार) सुर्खेतको वीरेन्द्रनगरमा हुने जनसभालाई सम्बोधन गर्ने भएका छन् । एमालेले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियान अन्तर्गत आज दिउँसो १ बजे सुर्खेतको पार्टी कार्यालय परिसरमा हुने जनसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने भएका हुन् ।


जनसभालाई सम्बोधनपछि अध्यक्ष ओली काँक्रेविहार क्षेत्रको अवलोकन र थारु समुदायले आयोजना गर्ने साँस्कृतिक कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको एमाले सुर्खेतका प्रचार तथा प्रकाशन विभाग प्रमुख गंगाराम तिमिल्सेनाले बताए ।उनका अनुसार अध्यक्ष ओलीले बेलुका ५ बजे सिद्धार्थ होटलमा उद्योगी, व्यापारी र बुद्धिजीवीसँग भेटघाट गर्ने कार्यतालिका छ ।









