
काठमाडौँ- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले शक्तिलाई पूजा गरेर मुलुक लुट्ने काम कोहीबाट हुन नहुने बताएका छन् ।

उनले शक्तिको आडमा वा शक्तिलाई पूजा गरेर मुलुक लुट्ने काम जो सुकैबाट भए पनि सात पुस्ता माफ नहुने बताए । सामाजिक सञ्जाल एक्समा भण्डारीले एनसेलको सेयर खरिद बिक्रीबारे यस्तो बताएका हुन् ।
उनले भने ।

‘एनसेलदेखि, निर्माण,खरिदलगायत अन्य कुनै पनि घटनाहरू नमेटिने उनले उल्लेख गरे । देश गरिब होइन गरिब बनाएको भन्दै हो अब यस्तो हुनै सक्दैन, अति सहियो अब सहिंदैन’ उनले भने ।








