एमाले पदयात्राको नवौं दिन : आज गोरखा आरूघाट पुग्ने

Open photo

पोखरा । नेकपा एमालेको मध्य पहाडी राजमार्ग पदयात्रा आज (शुक्रबार) आरूघाट, गोरखा पुग्दैछ । झुलाघाटबाट आरम्भ भएको ‘समृद्विका लागि संकल्प यात्रा’ को नवौं दिन मंसिर २२ गते कास्कीको पोखराबाट सुरू हुनेछ ।

1

यात्राको क्रममा भोर्लेटार, धमिलकुवा, पालुङटार लगायत ठाउँहरूमा भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

लमजुङको सुन्दरबजारमा सभा सम्पन्न गरी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली आज गोरखाको आरूघाटमा बास बस्ने प्रचार बिभाग सचिव गगन बिष्टले जानकारी दिए ।

111Open photo