
विराटनगर । नेकपा एमालेको मध्यपहाडी संकल्प यात्रालाई अवरोध गर्ने चेतावनी दिँदै आएका गोपाल किरातीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई खोटाङ्गको हलेसीबाट पक्राउ गरिएको हो ।


एमालेको मध्यपहाडी संकल्प यात्रालाई लक्षित गर्दै पहिचानवादीले बन्दलगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
उनले केही दिनअघि एमालेका लागि चिहान तयार पारेको हिंसात्मक अभिव्यक्ति दिएका थिए । माओवादीका पूर्वनेता किराँती पूर्वमन्त्रीसमेत हुन् ।








