थुनामा रहेका बालकृष्ण खाणलाई ३० लाख धरौटीमा छोड्न आदेश

Open photoकाठमाडौँ — उच्च अदालत पाटनले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा छोड्न आदेश दिएको छ ।

1

न्यायाधीश कृष्णराम कोइरालाले उनलाई ३० लाख धरौटीमा छोड्न बिहीबार आदेश दिएको हो । यसअघि न्यायाधीशहरूबीच राय बाझेपछि बिहीबार तेस्रो न्यायाधीशको इजलासले छोड्ने पक्षमा राय दिएको हो ।