गणतन्त्रका नाममा भइरहेको लुटतन्त्रका कारण गणतन्त्रआफै कमजोर;राजेन्द्र लिङ्देन

Open photoराष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र निकै कमजोर भएको बताएका छन् । उनले गणतन्त्रका नाममा भइरहेको लुटतन्त्रका कारण आफै कमजोर भइरहेको बताएका हुन् ।

1 ‘महेन्द्रको सालिक राख्ने कुराले गणतन्त्र लगलग काँपेको छ, यो भित्र-भित्रै कमजोर भइसकेको छ,’ महेन्द्रनगरमा बिहीबार आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने, ‘कसैको सालिक तोड्ने र राख्नेभन्दा पनि यस क्षेत्रको इतिहास जोगाउने कुरा हो ।’ राजा महेन्द्रले योजनाबद्ध ढंगले स्थापना गरेको महेन्द्रनगरमा उनको सालिक राख्न खोजिएको बताए । उनले उचित समयमा महेन्द्रनगको सालिक स्थापना गरेरै छाड्ने बताए ।

1

बिहीबार महेन्द्रनगरस्थित संविधान चोकमा राप्रपाले राजा महेन्द्रको सालिक स्थापना गर्ने कार्यक्रम तय गरेको थियो । सोही स्थानमा आमसभा आयोजना गरेर अध्यक्ष लिङ्देन लगायतका नेताहरुले सम्बोधन गर्ने तयारी थियो । जिल्ला प्रशासन कार्यालयले उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेपछि राप्रपाको कार्यक्रम स्थल फेरिएको हो ।

अहिले गणतन्त्रका नाममा राजनीतिक दलका नेताहरुले लुटतन्त्र मच्चाएको उनको आरोप छ । यसका विरुद्ध राप्रपाले छिट्टै आन्दोलन थाल्ने उनले बताए । आमसभालाई राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतले सम्बोधन गरेका थिए ।

1