सामाजिक ब्यक्तित्व तथा कुशल राष्ट्रसेवक धन बहादुर खत्रीको निधन, गच्छे स्थित घाटमा अन्त्येष्टि

Open photo

-अर्घाखाँची डटकम।

सन्धिखर्क ,अर्घाखाँची । सन्धिखर्क -७ डिहिडाडाका सामाजिक तथा राजनितिक ब्यक्तित्व धनबहादुर केसिको ६२ बर्षको उमेरमा निधन भएको छ ।

1

रास्ट्रीय जनमोर्चा अर्घाखाँचीका सदस्य समेत रहेका खत्रीको आज बिहान ४.३०  बजे आफ्नै निवास डिहिडाडामा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

No description available.

लामो समय देखि लिभरको  संन्क्रमण झेल्दै आएका खत्रीलाई पटक पटकको काठमाडौमा उपचार पछि डाक्टरहरुको सल्लाह अनुसार घरमा उपचार जारी राखिएको थियो ।

No description available.

स्वर्गीय खत्री तात्कालिन् नरपानीमा रहेको स्वास्थ्य चौकि (हेल्थ् पोस्ट्बाट्) सेवाबाट प्रबेश् गरेका हुन । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा झण्डै चार दशक भन्दा बढी समय सेवारत रहि सेवा निबृत भएका हुन ।

No description available.1

आफ्नो जागिरे जिवनका क्रममा देश र जनता प्रती वफादार रहेर सेवा प्रवाह गर्ने ब्यक्तिको अब्बल छवि बनाएका खत्रीको निधन प्रती धेरैले दुख प्रकट गरेका छन । स्वर्गीय खत्रीको आजै गच्छे घाटमा अन्त्येष्टि गरिएको छ ।

No description available.

खत्रीको अन्त्येष्टि तथा दाहसंस्कार कार्यक्रममा स्थानियहरुको बाक्लो उपस्थिती सहित सक्रिय राजनितिक दलहरुका तर्फबाट प्रतिनिधिहरु उपस्थित भएर समबेदना ब्यक्त गरेका हुन ।

No description available.

स्वर्गीय खत्रीको शब माथी नेकपा मसालका जिल्ला प्रवक्ता पशुपती ढकालले पार्टिको झण्डा ओढाएर सम्मान प्रकट गरेका थिए भने अन्य नेताहरुले खत्रीको निधनमा दुख प्रकट गर्दै एक असल , निडर स्वभाव भएको सामाजिक र राजनितिक ब्यक्ति गुमाउनु परेको भन्दै शोक सन्तप्त परिवार प्रति समबेदना प्रकट गरेका छन । स्वर्गीय खत्रीका एक श्रीमति र दुई छोराहरु छन ।

No description available.

No description available.

No description available.No description available.

111Open photo