सन्धिखर्क ७ श्री जनजिवन आधारभुत बिद्यालयको बार्षिक उत्सव सम्पन्न (तस्बिर सहित)

Open photo

-केशबराज ज्ञवाली

सन्धिखर्क -७ भालुखोलामा अवस्थित जनजीवन आधारभुत बिद्यालय भालुखोलाको बार्षिकोत्सव तथा बिद्यार्थीहरुलाइ पुरस्कार बितरण कार्यक्रम आज सम्पन्न भएको छ । २०२० सालमा स्थापित यो बिध्यालयले हरेक बर्ष पुस १ गते बार्षिक उत्सव मनाउदै आफ्ना अब्बल बिद्यार्थीहरुलाइ पुरस्कार बितरण गर्ने गरेको छ ।

No description available.

1

आज सम्पन्न गरिएको कार्यक्रममा गत बर्षको बार्षिक परिक्षाको नतिजाको आधारमा अब्बल तथा जेहन्दार बिद्यार्थीहरुलाइ पुरस्कार बितरण गरिएको बिध्यालयका शिक्षिका कमला घिमिरेले बताउनुभएको छ । बिधालयमा आयोजित बार्षिक उत्सव समारोहमा आफ्नो भनाइ राख्दै सन्धिखर्क – ७ का वार्ड सदस्य मिना ज्ञवालिले स्कुलको प्रवर्द्धन र बिकासको लागि निरन्तर पहल गर्ने प्रतिवद्दता जनाउनुभएको हो ।

No description available.

1

कार्यक्रममा बिधालयका ब्यबस्थापन समिती अध्यक्ष खिमानन्द आचार्य , पुर्व अध्यक्ष मुकुन्दराज आचार्य , प्रधानाध्यापक रुद्र ज्ञवालीले मन्तब्य राख्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने जिम्मेवारीबाट आफुहरु सधै सजग रहाने प्रतिबद्दता जनाएका थिए । कार्यक्रममा स्थानिय अगुवा , अभिभावक , शिक्षा प्रेमी बुद्दिजिविहरुको उपस्थिती रहेको थियो ।

No description available. No description available.

111Open photo