छत्रदेव गाउँपालिकाको आयोजनामा क्षयरोग खोजपड्ताल तथा स्वास्थ्य शिक्षा कार्यक्रम सम्पन्न

Open photoकेशब पन्थी , अर्घाखाँची डटकम
छत्रदेव गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा क्षयरोग सक्रिय खोजपड्ताल तथा स्वास्थ्य शिक्षा कार्यक्रम छत्रदेव- ४, केरुङ्गामा आज सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार समुदायमा क्षयरोगका विरामी लुकेर रहेको हुन सक्ने भएकोले समुदायमै गएर खोजपड्ताल गर्दा पत्ता लगाउन सकिने हुनाले यस कार्यक्रमको आयोजना गरिएको छत्रदेव गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बुद्धिराम न्याैपानेले बताउनु भयो ।
May be an image of 10 people and text
उक्त कार्यक्रममा नागरिकहरुलाई स्वास्थ्य शिक्षा प्रदान गर्नुको साथै १०४ जना नागरिकको खकार नमूना संकलन गरिएकोमा सबै नमूनाको परीक्षण गरी नागरिकलाई नतिजा उपलब्ध गराइने छ । कार्यक्रमको अध्यक्षता केरुङ्गा स्वास्थ्य चौकी प्रमुख हरि प्रसाद पोख्रेल सहजीकरण स्वास्थ्य शाखा प्रमुख बुद्धि राम न्यौपाने, बल्कोट प्राथमिक केन्द्रका ल्याव असिष्टेन्ट होमनाथ वि.क. तथा कार्यक्रम सञ्चालन मेघराज न्यौपानेले गर्नु भएको थियोे  ।May be an image of 6 people, hospital and text May be an image of 5 people, people studying and hospital

अन्य समाचारहरु