खाचिकोट वडा नं ७ डिहिडाडा चन्द्र प्रभा मार्ग मोटरबाटो स्तर उन्नति हुदै ,करिब एक करोड रकम विनियोजन (तस्बिर सहित)

 

Open photo

-केशब घिमिरे,अर्घाखाची डट्कम्। 

सन्धिखर्क-  अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नं.७ को चन्द्र प्रभा मार्ग मोटरबाटो स्तर उन्नतिको लागि करिब एक करोड बजेट विनियोजन भएको छ । सडकबोर्ड बाट सडक तथा बस्ति विस्तार कार्यक्रम अन्तर्गत बजेट विनियोजित भएको हो ।

No description available.

बजेट बिनियोजन भए सँगै फुद्बाङ्ग देखि फर्जेयाङ्ग खोला स्वाथ्य चौकि हुँदै नेटा सम्म २६०० मिटर बाटो नापिएको छ। यस आर्थिक बर्ष २०८०/८१ मा करिब एक करोड बजेट छुट्टीएको नगरपालिका वडा नं.७ अध्यक्ष चुरा के सि ले बताए ।

No description available.

यस वर्ष बजेट विनियोजनको लागि नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले विषेश सहयोग गरेको भन्दै अध्यक्ष के सि ले धन्यवाद दिए । उनले भने “वडा को अथक प्रयासले ठूलो बजेट ल्याउन सफल भयौं । म सबैलाई धन्यवाद दिन चाहान्छु ” ।

No description available.

फुद्बाङ्ग, फर्जेयाङ्ग मोटर बाटो नगरपालिकाको सबै भन्दा पुरानो बाटो हो । बजेट विनियोजनले खाँचिकोट वासी खुसी भएका छन् ।वर्षामा हिलो र हिउँदमा धुलो बाट मुक्ति पाइने पनि अपेक्षा उनीहरुले राखेका छन् ।

 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

111Open photo