जिल्ला अदालत अर्घाखाँचीमा भर्चुअल माध्यमबाट म्याद थप सुरु (तस्बिर सहित)

अर्घाखाँची। जिल्ला अदालत अर्घाखाँचीमा भर्चुअल माध्यमबाट म्याद थप सुरु गरिएको छ ।

अदालतले शुक्रबार इलाका प्रहरी कार्यालय ठाडाका अभियुक्तको म्याद थप गरि सो सेवा शुभारम्भ गरिएको हो । जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहले सुरक्षा प्रमुख तथा जिल्ला न्यायधिवक्ताहरू छलफल गरि यो सेवा सुरु गरेका हुन् ।

May be an image of 1 person and studying

जिल्लाको अदालतबाट इलाका प्रहरी कार्यालय ठाडा करिव ३३ किलोमिटर को दूरीमा रहेको छ ।  दुरीको हिसाबले टाढा पर्ने स्थानको भर्चुअल माध्यमबाट म्याद थप गर्दा समय तथा साधन स्रोतको बचत हुने भएकोले यो सेवा प्रभावकारी हुने भनाई छ।

May be an image of 3 people and people studying

पहिलो पटक म्याद थप गर्दा प्रतिवादी सहित उपस्थित हुनु पर्ने र दोस्रो पटकबाट मुद्दाको फाइल अदालतमा ल्याईसकेपछी मात्र यस प्रविधिको प्रयोग गरी म्याद थप गर्ने व्यवस्था मिलाएको अदालतले जनाएको छ।

थप् तस्बिर-  भिम बिश्वकर्मा

May be an image of 2 people and people studying

May be an image of 1 person and studying

 

111Open photo