अर्घाखाँची: स्वर्गीय धनबहादुर खत्रीको सम्झनामा राजमो अर्घाखाँचीको “शोकसभा ” सम्पन्न ( तस्बिर सहित)

-अर्घाखाँची डटकम सम्बाद्ददाता । 

सन्धिखर्क ,खाचिकोट – राष्ट्रिय जनमोर्चा जिल्ला समिती अर्घाखाँचीले आफ्ना पार्टी सदस्य तथा सामाजिक ब्यक्तित्व धन बहादुर खत्रीको सम्झना शोक सभा सम्पन्न गरेको छ । स्वर्गीय खत्रीको निधन भएको आज आठौं दिन पारेर जनमोर्चा जिल्ला समिती अर्घाखाँचीले शोक सभा गरेको हो ।

No description available.

शोकसभामा बोल्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सद्स्य सागर के .सी ले स्वर्गीय खत्री एक असल ईमान्दार ब्यक्ती भएको भन्दै खत्रीको निधनले सिङ्गो समाज सहित राष्ट्रिय जनमोर्चालाइ अतुलनिय क्षती भएको बताए ।

No description available.

आफ्नो जागिरे जिवनको समयमा पनि खत्रीले सेवाग्राहीलाई राम्रो सेवा सुबिधा दिएर खुशी बनाएर पठाउने गरेको पनि केसिले उल्लेख गरे ।

No description available.

स्वर्गीय धनबहादुर खत्रीले कम्युनिस्ट आन्दोलनमा धेरै सहयोग गरेको भन्दै नेता के. सिले खत्रीले राष्ट्रिय जनमोर्चाको अभियानमा हरेक तहबाट सहयोग गरेको स्मरण गरे । खत्रीको यहि मंसिर ३० गते बिहान ३ः०० बजे आफ्नै निवास डिहिडाडामा निधन भएको थियो ।

No description available.

स्वर्गीय खत्री जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा लामो समय सेवारत रहि सेवा निबृत भएका हुन । आफ्नो जागिरे जिवनका क्रममा देश र जनताप्रती वफादार रहेर सेवा प्रवाह गर्ने ब्यक्तिको छवि बनाएका स्वर्गीय खत्रीको गच्छेघाटमा दाहसंस्कार गरिएको थियो ।

No description available.

सन्धिखर्क -७ डिहिडांडा स्थित स्वर्गीय खत्रीको आफ्नै निवासमा गरिएको शोक सभामा स्वर्गीय खत्रीका परिवारजन , राजमोका केन्द्रिय सद्स्य सागर

No description available.

के.सि , जनमोर्चा लुम्बिनी प्रदेश सल्लाहकार शेर बहादुर बि. सि , जिल्ला अध्यक्ष थम्मन के. सि , नेताहरु गोपाल पौडेल , बाबुराम पन्थी सुनार , गोबिन्द बि. सि , पशुपति ढकाल सहित जिल्ला , नगर , वार्ड स्तरका नेता कार्यकर्ता , पत्रकार , र स्थानियहरुको उपस्थिति रहेको थियो ।

No description available.

 

थप तस्बिर : 

No description available.

No description available.

No description available.

No description available.

111Open photo