
दाङ। लुम्बिनी प्रदेशका नव नियुक्त दुई मन्त्रीको शपथ आज (आइतबार) हुने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । शनिबार राति मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले कृष्णा केसी र सरोज थापालाई मन्त्री नियुक्त गरेका थिए ।

नेकपा (माओवादी केन्द्र) को कोटाबाट मन्त्री बनेकी केसीले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएकी छन् । उनी लुम्बिनी प्रदेशबाट प्रत्यक्षमा जित्ने एक्ली महिला हुन् । उनी बाँके क्षेत्र नं. १ (क) बाट निर्वाचित भएकी थिइन् । यस्तै नेपाली कांग्रेसको कोटाबाट मन्त्री बनेका थापालाई उद्योग तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनी प्यूठान प्रदेश सभा (ख) बाट निर्वाचित भएका थिए ।










