
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नारायण–बुटवल सडक खण्ड विस्तारको कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउन पैदलयात्रा शुरु गरेको छ ।

आज (सोमबार) बिहान सवा १० बजे नवलपुरको गैँडाकोट नगरपालिका–२ भृकुटीचोकबाट रास्वपाको पैदलयात्र शुरु भएको हो । यात्राको नेतृत्व रास्वपाका सभापति रवि लामिछानेले गरेका छन् ।

नारायणगढ–बुटवलसम्म ११३ किलोमिटर दूरीको पैदलयात्रा तीन दिनमा पूरा गरिने रास्वपाले जनाएको छ । यात्राको क्रममा बस्तीमा हिड्ने र जंगलमा सवारीसाधनको प्रयोग गरिने तयारी रहेको रास्वपाले जनाएको छ ।








