अर्घाखाँची : तीनथुप्रेमा कार दुर्घटना, एक जना घाईते

अर्घाखाँची। अर्घाखाँचीमा कार दुर्घटना भएको छ । दुर्घटनामा परि एक जना घाईते भएका छन् । 

बिहीवार जिल्लाको पाणिनि गाउँपालिकादेखि सन्धिखर्क जाँदै गरेको लु ३ च ८८७ नम्बरको कार सन्धिखर्क नगरपालिका ४ तीनथुप्रेमा दुर्घटना हुँदा चालक पाणिनि गाउँपालिका १ पणेनाका अर्जुन पोख्रेल घाईते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । 

1

कार सडकदेखि अन्दाजी ५० मिटर तल खोलामा खसेको थियो । कारमा चालक पोख्रेल सहित उनका १ छोरा र १ छोरी सवार थिए । उनका छोरा छोरीको अवस्था भने सामान्य रहेको छ । घाईते पोख्रेललाई छातिमा समस्या देखिएपछि थप उपचारका लागि श्री एयरलाइन्सको हेलिकप्टरबाट मेडिसिटी अस्पताल काठमाडौँ लगिएको छ ।

1

घाईते पोख्रेल पाणिनि गाउँपालिका दुर्गाफाँटमा रहेको सगुन एग्रो रिसोर्टका सञ्चालक हुन् ।

 

111