
काठमाण्डाै – हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। यतिबेला देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागमा आंशिकदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा देशका बाँकी तराई भूभागका एक-दुई स्थानमा अहिले हल्का देखि मध्यम हुस्सरकुहिरो लागेको छ।
शुक्रबार दिउँसो पनि देशको पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहने छ। राति पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ।







