सन्धिखर्क -८ मा पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न ( तस्बिर सहित )

-केशव राज ज्ञवाली , अर्घाखाची डट्कम्।

सन्धिखर्क – सन्धिखर्क -८ मा पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न । नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीको आयोजनामा गरिएको “आर्थिक बिकास र स्थानीय रोजगारिका लागि पर्यटन प्रवर्द्धन कार्यक्रम २०८०” अन्तर्गत वार्ड तहको अन्तरक्रिया कार्यक्रम सन्धिखर्क नगरपालिकाको वार्ड नम्बर -८ मा आज सम्पन्न भएको छ ।

No description available.1

अन्तरक्रिया कार्यक्रमले वार्ड नम्बर ८ को प्रमुख पर्यटकिय स्थलको रुपमा “गोर्थुम देउरालि (भाइरल ढुङ्गा सहितको स्थान)लाई वार्डको प्रमुख पर्यटकिय स्थलको रुपमा अनुमोदन गरेको छ ।

No description available.

यस संगै वार्ड नम्बर -८ मा रहेका अन्य पर्यटकिय स्थलहरु -गुनाथुम देउराली , थामाचौर भगवती , बाजापोखराको साततले गुफा , लगायतलाइ पनि सगंसंगै विकास गर्दै लैजानुपर्नेमा पनि सरोकारवालाहरुको जोड रहेको छ ।

No description available.

अन्तरक्रिया कार्यक्रममा बोल्दै सन्धिखर्क -८ का वार्ड अध्यक्ष हुम प्रसाद बन्जाडेले पत्रकार महासंघको आयोजनामा हुन लागेको यो अभियानको खुलेर प्रशंसा गर्नुभयो। वहाँले वार्ड लगायत समग्र जिल्लाको पर्यटन बिकासमा आफुहरु सधै हातेमालो गर्दै जाने प्रतिवद्दता पनि जनाउनुभयो ।

No description available.

कार्यक्रममा वार्ड नम्बर – ८ का वार्ड अध्यक्ष बन्जाडे सहित सन्धिखर्क नगरपालिकाका कार्यपालिका सदस्यहरु कृष्णा भुसाल , लिला भुसाल सहित वार्ड सदयहरु , बिधालयका प्रधानाध्यापकहरु , टोल बिकास संस्थाका अध्यक्ष , सहकारी संस्थाका प्रमुख, स्थानिय बुद्दिजिवी , पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

No description available.1

पत्रकार दिपेन्द्र पौडेलको अध्यक्षता र पत्रकार केशवराज ज्ञवालिको सन्चालनमा भएको अन्तरक्रिया कार्यक्रममा अर्घाखाँची डटकमका सम्पादक सन्तोष कुमार के. सी.ले कार्यक्रमको उदेश्यका बारेमा प्रकाश पार्नुभएको थियो।

थप तस्बिर : अर्घाखाची डट्कम्।

No description available.

No description available.

No description available.

No description available.

111