अर्घाखाँची: पर्यटकीय गनतव्य नरसिंहस्थान ओझेलमा

– सागर महत

अर्घाखाँची  । अर्घाखाँचीको प्रसिद्ध पर्यटकीय गन्तव्य नरसिंहस्थान प्रचारप्रसारको अभाव र समय अनुकुल विकास नगर्दा ओझेलमा परेको छ ।

मालारानी गाउँपालिका– ७ बामरुकमा रहेको ५२ हात अग्लो र ५२ हात नै फेरो भएको नरसिंहको विशाल शीला र चारमुखे गुफासहितको नरसिंहस्थलको विकासका लागि बजेट विनियोजन र प्रचारप्रसार नहुँदा ओझेलमा परेको हो ।

1

यस शीलालाई भगवान विष्णुको नरसिंह अवतारको रुपमा लिने गरिन्छ । ५२ हात अग्लो र ५२ हात फेरो भएको नरसिंहको विशाल शीलामा नरसिंह उत्पन भएको फुटेको मैलो, प्राकृतिक चारढोके गुफा, हिरण्यकस्यपु राक्षसलाई काखमा राखी मारेको दृश्य पनि देख्न सकिन्छ ।

केही संरचना निर्माण गरिएको भए पनि यसको व्यवस्थापनका लागि पालिकाको बजेटले मात्र पुग्ने अवस्था नरहेको नरसिंहस्थल पर्यटन पुर्वाधार निर्माणका अध्यक्ष तथा मालारानी गाउँपालिका अध्यक्ष दल बहादुर भट्टराईले बताउनुभयो ।

नरसिंह भगवानका अनन्य भक्त साविक हंसपुर ७ निवासी स्वर्गीय मणिराम बस्नेतलाई वि.सं १९९० सालदेखि देहमा बैराम कष्ट भइ ज्ञान बैराग भएको २००१ सालमा सपनामा नरसिंहको दर्शन पाएको स्थानीयको भनाइ छ । स्वर्गीय बस्नेतले नै २००३ सालदेखि निरन्तर नरसिंह भक्तको रुपमा नित्यपुजा ध्यान, जप, तप गदैं आउनु भएको वडा नम्बर ७ का अध्यक्ष खडक बहादुर खड्काको भनाइ छ ।

1

सोही स्थानमा अम्बिका देवीको मन्दिर, शिव मन्दिर लगायतका मन्दिरहरु पनि रहेका छन् । त्यहाँ होमस्टेका ७ वटा संरचना निर्माण भएपनि अझै संचालन हुन सकेका छैनन् ।स्वच्छ हावापानी र प्राकृतिक सौन्दर्यले भरिपुर्ण यो क्षेत्र बजेट अभाव र प्रचारप्रसार नहुँदा ओझेलमा परेकाले सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।

 

111