सरकार लाग्नुपर्यो फरार जीबी राईलाई समात्न हामी साथ दिन्छौँ : रवि लामिछाने

spot_img

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फरार रहेका जीबी राई भनिने गितेन्द्रबाबु राईलाई सरकारले समात्न नसकेको बताएका छन्।

1

आज भरतपुर विमानस्थलमा पत्रकारहरूसँगको भेटमा लामिछानेले राज्यका कारण फरार रहेका जीबी राईलाई समात्न नसकेको बताए।

‘समात्न सरकार लाग्नुपर्यो हामी सघाउन तयार छौँ। जो सँग शक्ति छ उसको संरक्षणका कारण नसमातिएको हुन सक्छ,’ उनले भने।

उनले आफू डेढ वर्ष अघिदेखि सो संस्थामा नभएको स्पष्ट पारे। लामिछानेले चितवनका सहकारी पीडितसँग समेत भेट गरेका छन्।

यसअघि लामिछाने सहभागी रहेको ग्यालेक्सी फोर के टेलिभिजनमा सहकारी बचतकर्ताको लगानी रहेको थियो। त्यतिखेर लामिछाने टिभीका प्रबन्धक निर्देशक थिए।

1

सहकारी सञ्चालक समितिका अध्यक्ष जीबी राई फरार छन्।

 

111