जनमत पार्टी मधेस सरकारबाट बाहिरियो, समर्थन पनि फिर्ता

spot_img

काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिएको छ।

जनमत पार्टीका दुईजना मन्त्रीले मंगलबार मुख्यमन्त्री सरोज यादवलाई आफ्नो राजीनामा बुझाएका छन्। सरकारबाट बाहिरिने निर्णयसँगै जनमतले गठबन्धन सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।

जनमतबाट मन्त्रीसमेत रहेका महासचिव डा. चन्दन सिंहले मधेस सरकारमा जसपा अध्यक्ष उपेन्द्र यादवको एकलौटी भएपछि बाहिरिएको बताएका छन्।
१३ सांसद रहेको जनमतबाट मधेस सरकारमा दुईजना मन्त्री थिए। जनमतबाट डा. चन्दन सिंह श्रम तथा यातायात मन्त्री र संसदीय दलका नेता महेश यादव शिक्षा तथा संस्कृति मन्त्री थिए।