सुदूरपश्चिममा गठबन्धनका तीनै जना उम्मेदवार विजयी

spot_img

कैलाली । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभाको निर्वाचनका लागि गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् ।

धनगढीको प्रदेशसभामा भएको निर्वाचनबाट राष्ट्रिय सभाका उम्मेदवारहरू विजयी भएका हुन् ।

सत्ता गठबन्धनको तर्फबाट अपाङ्गतामा उम्मेदवार रहेका नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट ४ हजार ४१९ अन्य बाट बलदेव बोहरा ४ हजार ३२८ र महिलामा नेकपा माओवादी केन्द्रका रेणु चन्द ४ हजार ४५३ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट अपाङ्गता तर्फबाट कैलालीका रामचन्द्र जोशी १ हजार ५७१, महिलामा कैलालीकै सावित्री घिमिरे १ हजार ५७१ र अन्यबाट कञ्चनपुरका ईश्वरीप्रसाद खरेल १ हजार ६९६ प्राप्त गरेका छन् ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार कुल १८ हजार १८२ खसेकोमा १४४ मतभार भने बदर भएका छन् ।