

काठमाडौं । राष्ट्रिय सभाको तीन सिटमा कर्णाली प्रदेशबाट सत्ता गठबन्धन्धनका उम्मेदवार विजयी भएका छन् ।
अन्तिम मत परिणामअनुसार गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएको सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलले जानकारी दिए ।


गठबन्धनबाट अन्यतर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विक विजयी भएका हुन् । महिलातर्फ गठबन्धनबाट सावित्री मल्लले प्रदेशतर्फ २९ र स्थानीयतपर्फ ११५ मत प्राप्त गरी विजयी हुँदा एमालेकी विमलाकुमारी शाहीले प्रदेशतर्फ ११ र स्थानीयतर्फ ४१ मत प्राप्त गरिन् ।







